आज २०औं लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

आज २०औं लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

२०औं लोकतन्त्र दिवस विभिन्न कार्यक्रम आयोजना गरी आज देशभर मनाइँदैछ । विसं २०६३ वैशाख ११ गते तत्कालीन राजा ज्ञानेन्द्रले आन्दोलनरत दलको मार्गचित्रबमोजिम विसं २०५९ जेठ ८ गते विघटन भएको संसद् पुनर्स्थापना गरे । जनताको विजय भएको खुसियालीमा विसं २०६४ देखि देशभर लोकतन्त्र दिवस मनाउन थालिएको हो । विसं २०५९ असोजमा संसद् विघटनपछि सशस्त्र द्वन्द्वका कारण निर्वाचन हुन सकेन । निर्वाचन नभएपछि राजाले इच्छा लागेका मानिसलाई प्रधानमन्त्री बनाउने र हटाउने शृङ्खला चल्यो । राजा ज्ञानेन्द्रले लोकेन्द्रबहादुर चन्द, सूर्यबहादुर थापा र शेरबहादुर देउवा गरी तीन जनालाई प्रधानमन्त्री बनाउँदै हटाउँदै गरे। विसं २०६१ माघ १९ गते राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि…
Read More
सङ्घीय संसद्को अधिवेशन आह्वान तत्कालका लागि स्थगित

सङ्घीय संसद्को अधिवेशन आह्वान तत्कालका लागि स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको आगामी अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को आजैको सिफारिस बमोजिम उनले यसअघि तय गरिएको अधिवेशन स्थगित गर्ने निर्णय गरेका हुन्। यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख १७ गतेका लागि दुवै सदनको बैठक आह्वान गरेका थिए। राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा विशेष कारणवश मन्त्रिपरिषद्ले आजै पुन: सिफारिस गरेपछि पूर्वघोषित अधिवेशन आह्वान हाललाई स्थगित गरिएको उल्लेख छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै वैशाख १७ गते सुरु हुने भनिएको संसद्को बजेट अधिवेशन अन्योलमा परेको छ। CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62),…
Read More
मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक

मन्त्रिपरिषद् बैठकको तीन निर्णय सार्वजनिक

 मन्त्रिपरिषद् बैठकले विभिन्न तीन निर्णय सार्वजनिक गरेको छ । केहि बेरअघि सिंहदरबारमा बसेको बैठकले एकीकृत खानेपानी आपूर्ति तथा ढल व्यवस्थापन परियोजनाका लागि एसियाली विकास बैकबाट प्राप्त हुने अमेरिकी डलर एक सय पन्ध्र मिलियन सहुलियतपूर्ण ऋण सहायता सम्बन्धी वित्तीय सम्झौता तथा अन्य सम्बन्धित दस्ताबेजलाई अन्तिम रूप दिने विषयमा वार्ता गर्न अर्थ मन्त्रालयको सहसचिवको नेतृत्वमा वार्ता टोली गठन गर्ने निर्णय गरेको छ । त्यस्तै नेपाल सरकार मन्त्रिपरिषद्को २०७५ भदौ एकको निर्णयबमोजिम महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको पुरै जग्गा (एक सय चौध रोपनी तीन आना) राष्ट्रपतिको कार्यालयको नाममा हस्तान्तरण गर्ने गरी भएको निर्णयको सट्टामा सो जग्गा पूर्ववत् रूपमा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानलाई नै…
Read More
रवि लामिछानेसम्बन्धी रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

रवि लामिछानेसम्बन्धी रिट आज पूर्ण इजलासमा सुनुवाइ हुँदै

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेमाथि विभिन्न जिल्ला अदालतमा विचाराधीन मुद्दाको आरोपपत्र संशोधन सम्बन्धी निर्णयविरुद्ध परेको रिट निवेदन आज सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । सहकारी ठगीसँगै सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुर जोडिएको मुद्दा संशोधन गर्ने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरुद्ध दायर उक्त रिट पूर्ण इजलासमा सुनुवाइका लागि अघि बढाइएको हो । यसअघि विनोद शर्मा र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले २०८२ चैत १५ गते आदेश जारी गर्दै उक्त विवादमा गम्भीर संवैधानिक र कानुनी व्याख्या आवश्यक रहेको ठहर गर्दै पूर्ण इजलासमा पठाएको थियो । संयुक्त इजलासले थप प्रमाणको व्याख्यामा अस्पष्टता देखिएको उल्लेख गर्दै मुलुकी फौजदारी कार्यविधि…
Read More
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक

प्रधानमन्त्री बालेन्द्र शाह(बालेन)ले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।  प्रधानमन्त्री वालेन्द्र शाहले मध्याह्न १२ बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । 
Read More
कांग्रेस संसदीय दलको नेता निर्वाचन प्रक्रिया आजदेखि, भोली निर्वाचन

कांग्रेस संसदीय दलको नेता निर्वाचन प्रक्रिया आजदेखि, भोली निर्वाचन

नेपाली कांग्रेसको संसदीय दलको नेता चयनको प्रक्रिया आजदेखि शुरु हुदैछ । निर्वाचन प्रक्रिया अनुसार आज मतदाता नामावली सार्बजनिक गर्ने कार्यसूची रहेको छ । निर्वाचन समितिले आज दिउँसो १ बजे मतदाता नामावली प्रकाशन गरिने, शुक्रबार बिहान ११ बजेदेखि १२ बजेसम्म उम्मेदवारी दर्ता र ११ गते दिउसो ४ बजेदेखि ५ बजेसम्म मतदान हुने कार्य तालिका सार्बजनिक गरेको छ । निर्वाचन समितिले मतदान सिंहदरबारस्थित कांग्रेस संसदीयदलको कार्यालयमा हुने जानकारी निर्वाचन समितिले दिएको छ । कांग्रेस संसदीय दलको नेताको दौडमा अर्जुननरसिंह केसी, भिष्मराज आङदम्बे लगायत रहेका छन् ।
Read More
सरकार अधिनायकवादतिर लाग्यो : महेश बस्नेत

सरकार अधिनायकवादतिर लाग्यो : महेश बस्नेत

नेकपा एमालेका सचिव महेश बस्नेतले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) माथि कडा आलोचना गर्दै सुकुम्बासी बस्ती खाली गराउने भनिएको निर्णयप्रति आपत्ति जनाएका छन्। उनका अनुसार प्रधानमन्त्रीले सुरक्षा निकायका प्रमुखलाई बोलाएर केही दिनभित्र अतिक्रमित सुकुम्बासी बस्ती खाली गर्न निर्देशन दिएको विषयले सरकारको वास्तविक चरित्र उजागर गरेको छ। उनले यो कदमलाई गरिब तथा विपन्न वर्गमाथिको सीधा दबाबको रूपमा व्याख्या गरेका छन्। बस्नेतले विगतमा सुकुम्बासी बस्ती संरक्षणबारे दिइएका राजनीतिक प्रतिबद्धताहरू अहिले व्यवहारमा नदेखिएको भन्दै प्रश्न उठाएका छन्। उनले गरिबलाई व्यवस्थापन गर्नुको सट्टा हटाउने नीति गलत हुने तर्क गर्दै राज्यले दीर्घकालीन समाधान खोज्नुपर्ने बताएका छन्। उनको भनाइमा सडक विस्तार, सहरी सौन्दर्यीकरण र बजार व्यवस्थापनका नाममा…
Read More
शून्य बाँकी फाइल सप्ताह’का अवधिमा बाँकी फाइलका सम्बन्धमा गुनासो गर्न प्रधानमन्त्री कार्यालयको सार्वजनिक आह्वान

शून्य बाँकी फाइल सप्ताह’का अवधिमा बाँकी फाइलका सम्बन्धमा गुनासो गर्न प्रधानमन्त्री कार्यालयको सार्वजनिक आह्वान

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘शून्य बाँकी फाइल सप्ताह’का अवधिमा फर्स्योट हुन नसकेका फाइलका सम्बन्धमा गुनासो गर्न सम्बन्धित सबैसँग आह्वान गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै गत चैत ३० गतेदेखि वैशाख ७ गतेसम्म सञ्चालित उक्त विशेष अभियानका क्रममा तीनवटै तहका सरकारी निकायबाट फर्स्योट हुन बाँकी रहेका फाइलका विषयमा जानकारी वा गुनासो भए उपलब्ध गराउन आग्रह गरेको हो । प्रधानमन्त्री कार्यालयका अनुसार सेवाग्राहीले आफ्ना गुनासाहरू कार्यालयको ‘हेलो सरकार’ शाखामा दर्ता गराउन सक्नेछन् । यसका लागि टोल फ्री नम्बर ११११, अनलाइन पोर्टल वा अन्य उपलब्ध माध्यम प्रयोग गर्न सकिने शाखा अधिकृत नेत्रप्रसाद पोखरेलले जानकारी दिनुभयो । प्रशासनिक कार्यमा ढिलासुस्ती अन्त्य…
Read More
पूर्णबहादुर खड्काले बोलाए आफू पक्षीय नेताको भेला

पूर्णबहादुर खड्काले बोलाए आफू पक्षीय नेताको भेला

नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफू पक्षीय नेताहरूको भेला बोलाएका छन् । खड्काले वैशाख १५ गते निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिको भेला बोलाएका हुन् । उनले वैशाख १५ मा महाराजगन्जस्थित स्मार्ट होटलमा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापतिलाई उपस्थित हुन भनेर खबर पठाएका छन्। सर्वोच्च अदालतले वैशाख ४ मा गगन थापा नेतृत्वको केन्द्रीय समितिलाई आधिकारिकता दिएपछि बस्ने लागेको बैठकमा खड्का समूहले आन्तरिकण रणनीति बनाउने नेताहरू बताउँछन् । निवर्तमान केन्द्रीय सदस्य रामहरि खतिवडाका अनुसार भेलामा निवर्तमान केन्द्रीय सदस्य, प्रदेश र जिल्ला सभापति सहभागी हुनेछन् । वैशाख ६ गते सभापति थापाले निवासमै पुगेर खड्कासँग भेटवार्ता गरेका थिए। नेताहरूका…
Read More
 च्यासलमा गएनन् ओली, वादलले सुनाए सन्देश

 च्यासलमा गएनन् ओली, वादलले सुनाए सन्देश

नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीमा देखिएका वर्तमान चुनौतीहरूको दृढताका साथ सामना गर्दै अघि बढ्न सम्पूर्ण पार्टी पंक्तिलाई आह्वान गरेका छन्। बुधबार नेकपा स्थापना दिवसका अवसरमा पार्टी मुख्यालय च्यासलमा आयोजित कार्यक्रममा पठाएको शुभकामना सन्देशमार्फत उनले यस्तो आह्वान गरेका हुन्। स्वास्थ्य अवस्थाका कारण कार्यक्रममा उपस्थित हुन नसकेपछि अध्यक्ष ओलीको सन्देश उपाध्यक्ष रामबहादुर थापा 'बादल' ले पढेर सुनाएका थिए। अध्यक्ष ओलीले आफ्नो सन्देशमा इतिहासदेखि वर्तमानसम्म गौरवपूर्ण भूमिका र उपलब्धिको हिस्सेदार रहेको नेकपा एमालेका लागि पछिल्लो निर्वाचनको परिणाम प्रतिकूल रहेको स्वीकार गरेका छन्। उनले देशभक्त शक्तिहरूका लागि इतिहासमा पटक-पटक यस्ता प्रतिकूलताहरू आउने गरेको उल्लेख गर्दै एमालेले ती सबैलाई झेलेर यहाँसम्म आइपुगेको…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.