नेप्सेका अध्यक्ष बस्याल र सिइओ चापागाईंले दिए राजीनामा

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अध्यक्ष हेमन्त बस्यालले पदबाट राजीनामा दिएका छन् । उनले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाएका हुन् ।

बस्यालले विशेष कारण देखाउँदै कार्यकाल सकिनुअघि नै पदबाट राजीनामा दिएका छन् । उनी गत भदौ १९ गते नेप्सेको अध्यक्ष नियुक्त भएका थिए ।

नेप्सेका अध्यक्षसँगै प्रमुख कार्यकारी अधिकृत (सिइओ) चुडामणि चापागाईंले पनि पदबाट राजीनामा दिएका छन् । उनले पनि अर्थमन्त्री वाग्लेलाई भेटेर राजीनामा दिएका हुन् ।

चापागाईंलाई २०८१ चैत १९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको सिइओ नियुक्त गरेको थियो । उनीहरु दुवैजनाको राजीनामा स्वीकृत भइसकेको अर्थ मन्त्रालय स्रोतले बताएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.