मंगलबार प्रि–ओपन सेसनमा नेप्से ३.१३ अंकले बढेको छ। यस वृद्धिसँगै परिसूचक २७९९ विन्दुमा पुगेको छ।
यस अवधिमा १ करोड २४ लाख ८७ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ। सेसन अवधिमा २३ हजार १६० कित्ता सेयर कारोबार भएको छ।
यस सेसनमा कुल ६८ वटा कम्पनीको कारोबार भएको छ भने २२ वटा कम्पनीको भाउ बढेको छ । यस्तै ३६ वटाको मूल्य घट्दा १० वटा कम्पनीको स्थिर रहेको छ ।
