प्रि ओपन सेसन अपडेट: आठ अंकले बढ्यो नेप्से
साताको अन्तिम कारोबार दिन प्रि ओपन सेसनमा नेप्से परिसूचक ८ अंक बढेर बन्द भएको छ। अघिल्लो कारोबार दिन अर्थात बिहीबार १७.०१ अंक घटेर २७८७.१५ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ८.०६ अंक बढेर २७९५.२२ विन्दुमा पुगेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८७ अंक बढेको छ। शुक्रबार प्रि ओपन सेसनमा ७१ स्टकको २३८ पटकको कारोबारमा ५४ लाख ३४ हजार ७० रुपैयाँबराबरको ७ हजार ५२५ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये ३२ स्टकको मूल्य बढेको छ भने ३१ स्टकको मूल्य घटेको छ। बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
