सर्वोत्तम पेन्ट्सको आईपीओ बैशाख २१ देखि

सर्वोत्तम पेन्ट्स ईण्डष्ट्रिज लिमिटेडले बैशाख २१ गतेदेखि प्राथमिक शेयर (आईपीओ) निष्काशन गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर बिक्री खुला गर्न लागेको हो।

कम्पनीले ३४ करोड रुपैयाँ जारी पूँजीको २५ प्रतिशत अर्थात् ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। यसमध्ये १० प्रतिशत अर्थात् ८५ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि छुट्याइएको छ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले बैशाख २४ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पूर्ण आवेदन नपरेमा निष्काशन अवधि जेठ ४ गतेसम्म लम्बिनेछ।

शेयर निष्काशन तथा बिक्री प्रबन्धकका रूपमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ। लगानीकर्ताले मेरो शेयर मार्फत सि-आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्। साथै नेपाल धितोपत्र बोर्डबाट स्वीकृत आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत पनि आवेदन दिन सकिने व्यवस्था छ।

आईपीओका लागि केयर रेटिङ्गस् नेपाल ले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा मध्यम स्तरको जोखिम रहेको संकेत गर्छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.