एपोलो हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। गत चैत २६ देखि वैशाख २ गतेसम्म आवेदन खुलाइएको यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट गरेको हो ।
क्यापिटलका अनुसार आईपीओमा २७ लाख २७ हजार ११७ जनाको आवेदन स्वीकृत भएको थियो । तीमध्ये ७८ हजार २० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आवेदन दिएकामध्ये सेयर पाउनेको संख्या जम्मा २.८६ प्रतिशत मात्रै हो । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ ।
कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमा क्षेबाट बग्ने बुकुखोलामा विद्युत् आयोजना निर्माण गरेको छ । ६ मेगावाट क्षमताको सो आयोजना रनअफ रिभरमा आधारित छ । आयोजना सम्पन्न भइसकेको छ ।
कम्पनीको प्रतिसेयर नेटवर्थ आर्थिक वर्ष २०८१/८२ मा १११.९९ रुपैयाँ छ । त्यस्तै सो अवधिमा प्रतिसेयर आम्दानी ४.७० रुपैयाँ छ । कम्पनीले केयर रेटिङबाट बीबी माइनस रेटिङ पाएको छ ।
आयोजनाको कुल लागत १ अर्ब ३७ करोड रुपैयाँ छ । प्रतिमेगावाट लागत २२ करोड ८६ लाख रुपैयाँ छ । साधारण लगानी फिर्ता अवधि ७.७७ वर्ष रहेको छ । केयर रेटिङ नेपालले बीबी माइनर रेटिङ प्रदान गरेको छ ।
