ओप्पो ए ६ एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए ६ एक्स अब नेपालमा उपलब्ध, मूल्य रु ३२,४९९

ओप्पो ए६एक्स स्मार्टफोन अब नेपालमा आधिकारिक रूपमा उपलब्ध भएको छ । दैनिक प्रयोगलाई लक्षित गर्दै ल्याइएको यो स्मार्टफोनले टिकाउपन, सहज प्रदर्शन र लामो समय टिक्ने ब्याट्री क्षमताको सन्तुलित संयोजन प्रदान गर्ने कम्पनीले जनाएको छ ।  भित्री तथा बाहिरी दुवै वातावरणमा सहज रूपमा प्रयोग गर्न मिल्ने व्यावहारिक सुविधाहरू समेटिएकाले यो फोन विभिन्न प्रकारका प्रयोगकर्ताका लागि उपयुक्त हुने अपेक्षा गरिएको छ । यस डिभाइसमा ६ जीबी ¥याम र १२८ जीबी आन्तरिक स्टोरेज उपलब्ध छ भने आइस ब्लु र प्लम पर्पल गरी दुई भिन्न रंगहरुमा बजारमा आएको छ । ६.७५ इन्चको एचडी प्लस अल्ट्रा ब्राइट डिस्प्लेमा १२० हर्ज रिफ्रेस रेट रहेको छ, जसले…
Read More
एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

एपोलो हाइड्रोपावरको आईपीओ बाँडफाँट

एपोलो हाइड्रोपावर कम्पनीको आईपीओ बाँडफाँट भएको छ। गत चैत २६ देखि वैशाख २ गतेसम्म आवेदन खुलाइएको यस कम्पनीको आईपीओ बिक्री प्रबन्धक हिमालयन क्यापिटल एक औपचारिक कार्यक्रममार्फत बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आईपीओमा २७ लाख २७ हजार ११७ जनाको आवेदन स्वीकृत भएको थियो । तीमध्ये ७८ हजार २० जनाले १० कित्ताका दरले सेयर पाएका छन् । आवेदन दिएकामध्ये सेयर पाउनेको संख्या जम्मा २.८६ प्रतिशत मात्रै हो । आईपीओको नतिजा सीडीएससीको वेबसाइटमार्फत हेर्न सकिनेछ । कम्पनीले सोलुखुम्बु र ओखलढुंगाको सिमा क्षेबाट बग्ने बुकुखोलामा विद्युत् आयोजना निर्माण गरेको छ । ६ मेगावाट क्षमताको सो आयोजना रनअफ रिभरमा आधारित छ । आयोजना सम्पन्न…
Read More
सुन र चाँदीको मूल्य घट्यो, प्रतितोला २ हजार २०० ले घट्यो सुन

सुन र चाँदीको मूल्य घट्यो, प्रतितोला २ हजार २०० ले घट्यो सुन

नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ हजार २०० रुपैयाँले घटेको छ । महासंघले आजका लागि छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार ५०० रुपैयाँ तोकेको छ । हिजो बिहीबार सुन प्रतितोला २ लाख ९८ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । सुनसँगै आज चाँदीको मूल्यमा पनि गिरावट देखिएको छ । आज चाँदी प्रतितोला ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको मूल्य प्रतितोला ५ हजार २० रुपैयाँ रहेको थियो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको गिरावटसँगै नेपाली बजारमा…
Read More
टक्सार पिखुवा खोलाले बैशाख २३ देखि आईपीओ खोल्दै

टक्सार पिखुवा खोलाले बैशाख २३ देखि आईपीओ खोल्दै

टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आगामी बैशाख २३ गते मंगलबारदेखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्काशन (आईपीओ) खुला गर्ने भएको छ। यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ र अब सर्वसाधारण लगानीकर्तालाई लक्षित गर्दै शेयर निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी १ अर्ब २० करोड रुपैयाँको ३५.२६ प्रतिशत अर्थात ४२ करोड ३० लाख ६६ हजार ८०० रुपैयाँ बराबरको ४२ लाख ३० हजार ६६८ कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो। जसमध्ये १२ लाख कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दा र ३ लाख ३ हजार ६७ कित्ता वैदेशिक रोजगारीमा रहेका…
Read More
आजका लागि विदेशी मुद्राको विनिमयदर

आजका लागि विदेशी मुद्राको विनिमयदर

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ २८ पैसा र बिक्रीदर १५० रुपैयाँ ८८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७६ रुपैयाँ २६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर २०२ रुपैयाँ ८० पैसा र बिक्रीदर २०३ रुपैयाँ ६१ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १९१ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९२ रुपैयाँ ११ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपैयाँ ३१ पैसा र बिक्रीदर १०७ रुपैयाँ ७४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०९ रुपैयाँ ९३…
Read More
उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ

उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ

उद्योगी शेखर गोल्छा पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गोल्छालाई आज काठमाडौंबाट पक्राउ गरेको हो । “उहाँ (शेखर गोल्छा)लाई विभिन्न कसूरमा अनुसन्धान गर्नु पर्ने भएकाले पक्राउ गरिएको हो,” सीआईबीका प्रमुख एआईजी मनोज केसीले बाह्रखरीसँग भने । नेपाल धितोपत्र बोर्डको प्रारम्भिक जाँचबुझ प्रतिवेदनसमेतको आधारमा उनलाई पक्राउ गरिएको ब्युरोले जनाएको छ । हिमालयन रिइन्स्योरेन्स लिमिटेडका तत्कालीन अध्यक्ष शेखर गोल्छा समेतको मिलेमतोमा धितोपत्र सम्बन्धी ऐन, २०६३ को दफा ९४, ९५, ९६ को उपदफा (१) र दफा ९८ बमोजिम कसूरमा ऐनको दफा १०३ को उपदफा (३) बमोजिम थप अनुसन्धान तथा कारबाहीका लागि पक्राउ गरिएको ब्युरोले प्रस्ट पारेको छ । काठमाडौं…
Read More
नेप्से १७.०१ अंकले घट्यो: कुल ५ अर्ब ९ करोड को कारोबार

नेप्से १७.०१ अंकले घट्यो: कुल ५ अर्ब ९ करोड को कारोबार

आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ बिन्दुमा कायम भएको हो । बजारमा आज कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर खरिदबिक्री भए । जसबाट कुल ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ । आजको कारोबारमा अधिकांश उप–सूचकहरू राताम्मे देखिएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घट्दा जलविद्युत १.०५ प्रतिशत, फाइनान्स १.०६ प्रतिशत र बैंकिङ ०.७७ प्रतिशतले ओरालो लागेको छ। यद्यपि, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशत, ट्रेडिङ ०.४३ प्रतिशत र म्युचुअल फण्ड…
Read More
तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो सुन

तोलामा १ हजार ८ सय रुपैयाँ घट्यो सुन

बिहीबार पनि सुनचाँदीको भाउ घटेको छ । आज सुनको भाउ प्रतितोला १ हजार ८ सय रुपैयाँ र चाँदी ११० रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस दिनका लागि महासंघले सुनको भाउ प्रतितोला २ लाख ९८ हजार ७ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो । गत बिहीबार सुनको भाउ प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँ थियो । त्यस्तै आज चाँदीको भाउ प्रतितोला ११० रुपैयाँ घटेसँगै ५ हजार २० रुपैयाँमा कायम भएको छ । अघिल्लो दिन ५ हजार १३० रुपैयाँ थियो । गत बिहीबार चाँदी ५ हजार २८०…
Read More
डिशहोम इन्टरनेटले ल्यायो नयाँ वर्षको नयाँ अफर

डिशहोम इन्टरनेटले ल्यायो नयाँ वर्षको नयाँ अफर

नयाँ वर्षको अवसर पारेर डिशहोम इन्टरनेटले आफ्ना ग्राहकहरूका लागि आकर्षक “नयाँ वर्षको नयाँ अफर” सार्वजनिक गरेको छ। यस विशेष योजना अन्तर्गत इन्टरनेट जडान गर्ने ग्राहकहरूले अब थप २ महिना बोनस पाउनेछन्। कम्पनीले दावी गरे अनुसार यो अफर अन्तर्गत २००, ३००, ६०० र १००० एमबीपीएसका उच्च गतिको इन्टरनेट प्याकेजहरूमा नयाँ कनेक्सन गर्ने ग्राहकहरूलाई अतिरिक्त सेवा अवधि प्रदान गरिनेछ, जसले प्रयोगकर्तालाई अझ बढी समयसम्म निरन्तर उच्च गुणस्तरको इन्टरनेटको अनुभव लिन सहयोग गर्नेछ। डिशहोम इन्टरनेट नेपालका प्रमुख इन्टरनेट सेवा प्रदायकहरूमध्ये एक हो, जसले छिटो, भरपर्दो र ग्राहकमैत्री इन्टरनेट सेवा उपलब्ध गराउँदै आएको छ। कम्पनीका अनुसार, बढ्दो डिजिटल आवश्यकतालाई मध्यनजर गर्दै ग्राहकलाई सुलभ र…
Read More
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ६५, आलु रातो प्रतिकिलो रु २६ र आलु रातो (भारतीय) प्रतिकिलो रु २५ र प्याज सुकेको (भारतीय) प्रतिकिलो रु ३७ रहेको छ । यसैगरी, गाजर (लोकल) प्रतिकिलो रु ६०, गाजर (तराई) प्रतिकिलो रु ३०, बन्दा (लोकल) प्रतिकिलो रु ४५, बन्दा (तराई) प्रतिकिलो रु ३०, काउली स्थानीय प्रतिकिलो रु ३०, काउली स्थानीय (ज्यापु) प्रतिकिलो रु ४०, सेता मूला प्रतिकिलो रु…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.