नेप्से १७.०१ अंकले घट्यो: कुल ५ अर्ब ९ करोड को कारोबार

आज (बिहीबार) नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले घटेको छ । आज नेप्से परिसूचक १७.०१ अङ्कले घटेर २७८७.१५ बिन्दुमा कायम भएको हो ।

बजारमा आज कुल ३४८ कम्पनीका १ करोड १३ लाख ७५ हजार ६९९ कित्ता सेयर खरिदबिक्री भए । जसबाट कुल ५ अर्ब ९ करोड ५९ लाख ५ हजार ७५७ रुपैयाँ बराबरको कारोबार भएको छ ।

आजको कारोबारमा अधिकांश उप–सूचकहरू राताम्मे देखिएका छन् । होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४२ प्रतिशतले घट्दा जलविद्युत १.०५ प्रतिशत, फाइनान्स १.०६ प्रतिशत र बैंकिङ ०.७७ प्रतिशतले ओरालो लागेको छ।

यद्यपि, उत्पादन तथा प्रशोधन ०.६० प्रतिशत, ट्रेडिङ ०.४३ प्रतिशत र म्युचुअल फण्ड ०.०५ प्रतिशतले बढेका छन्। आजको बजारमा पाल्पा सिमेन्ट र शिखर पावर लिमिटेडको सेयर मूल्यमा १४.९९ प्रतिशतको वृद्धि भई सकारात्मक सर्किट लागेको छ । त्यस्तै, कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य ९.२४ प्रतिशतले बढेको छ । यता, सूर्यकुण्ड हाइड्रोपावरको सेयर मूल्य ११.७९ प्रतिशतले घट्दै सर्वाधिक गुमाउने कम्पनी बनेको छ ।

कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ मिल्स शीर्ष स्थानमा रह्यो, जसको ३० करोड ४२ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भयो ।

यस्तै सोलु हाइड्रोपावरको २६ करोड ७ लाख र आँखुखोला जलविद्युतको २६ करोड ५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । आजको बजारमा कुल ४६ कम्पनीको सेयर मूल्य बढ्दा २१६ कम्पनीको घटेको छ भने ७ कम्पनीको मूल्य स्थिर रहेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.