मंगलबार प्रि ओपन सेसनमा नेप्से परिसूचक दोहोरो अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १३.३६ अंकले बढेर २८३८.५९ विन्दुमा पुगेको हो।
प्रि ओपन सेसनमा ८३ वटा स्टक्सको ५ हजार ८१८ कित्ता सेयर ३५ लाख ९१ हजार ७२३ रुपैयाँमा खरिदबिक्री भए।
कारोबारमा आएकामध्ये ४३ वटा स्टक्सको मूल्य बढ्दा ३१ वटाको घट्यो।बाँकी ८ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।
