सङ्घीय संसद्को अधिवेशन आह्वान तत्कालका लागि स्थगित

राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्का दुवै सदनको आगामी अधिवेशन आह्वान हाललाई स्थगित गरेका छन्। नेपाल सरकार, मन्त्रिपरिषद्को आजैको सिफारिस बमोजिम उनले यसअघि तय गरिएको अधिवेशन स्थगित गर्ने निर्णय गरेका हुन्।

यसअघि वैशाख ८ गतेको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम वैशाख १७ गतेका लागि दुवै सदनको बैठक आह्वान गरेका थिए।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्तिमा विशेष कारणवश मन्त्रिपरिषद्ले आजै पुन: सिफारिस गरेपछि पूर्वघोषित अधिवेशन आह्वान हाललाई स्थगित गरिएको उल्लेख छ। मन्त्रिपरिषद्को पछिल्लो निर्णयसँगै वैशाख १७ गते सुरु हुने भनिएको संसद्को बजेट अधिवेशन अन्योलमा परेको छ।

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 82?

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.