परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता

 नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा दुई देशबिचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । दुई पक्षीय भेटघाटमा नेपाल–अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य बढाउँदै आर्थिक सम्बन्धलाई थप फराकिलो बनाउने विषयमा छलफल भएको बताइएको छ । दुई देशको हितका क्षेत्रमा थप सहकार्य गर्ने तथा आर्थिक साझेदारीका अवसरहरू खोजी गर्ने प्रतिबद्धता दुवै जनाले गरेको मन्त्रालयले जनाएको छ । नेपाल र अमेरिकाबिचको लामो समयदेखिको…
Read More
बालेन सरकारलाई चुनाैती दिदै स्थानीय सरकार !

बालेन सरकारलाई चुनाैती दिदै स्थानीय सरकार !

संघीय सरकारले वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गर्न दिएको निर्देशनविपरीत देशभरका कतिपय स्थानीय तहले भर्नासँगै पठनपाठन पनि सुरु गरेका छन् । उनीहरूले विगतका वर्षहरूमा झैँ भर्ना अभियान र पठनपाठनलाई निरन्तरता दिएका हुन् । मन्त्रिपरिषद्को गत चैत २२ गते बसेको बैठकले देशभरका विद्यालयमा वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गर्ने र वैशाख २१ देखि नियमित पठनपाठन प्रारम्भ गर्ने निर्णय गरेको थियो । तर स्थानीय तहहरूले संविधानमा उल्लेख व्यवस्था र विद्यार्थीको शैक्षिक उन्नयनमा बाधा नहोस् भनेर पूर्वनिधारित शैक्षिक क्यालेन्डरअनुसार नै भर्ना अभियानसँगै पठनपाठन सुरु गरेको दाबी गरेका छन् । गाउँपालिका महासंघ, नगरपालिका महासंघले पनि संघीय सरकारको परिपत्रको विषयमा…
Read More
कर्णालीको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

कर्णालीको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

 कर्णालीमा मङ्गलवार बिहान मन्त्रिपरिषद्को बैठक बसेको छ । उक्त बैठकमा कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । उनका अनुसार, कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने पनि निर्णय भएको छ । यस्तै जाजरकोट जिल्लाको वडावन सानाखोला सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय भएको शाहले बताए ।
Read More
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ ।  बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ । 
Read More
‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लक्ष्मण रिजालले निर्देशन गर्नुभएको छ । प्रदीप भारद्वाजको पटकथा रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायाङ्कन, कालीप्रसाद बाँस्कोटाको सङ्गीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रङ संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेसन ध्वनि र सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत छ । चलचित्र जेठ ८ गते प्रदर्शनमा आउने भएको छ । 
Read More
नेपाल यूएईसँग ६ विकेटले पराजित

नेपाल यूएईसँग ६ विकेटले पराजित

युएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा घरेलु टोली नेपाल डीएलएस मेथडमा ६ विकेटले पराजित भएको छ। नेपालले १९ औँ ओभरमा १ सय २२ रन बनाएपछि वर्षाले खेल प्रभावित भएपछि १० ओभर घटाइएको थियो। ओभर घटाइएपछि युएईले ७८ रनको नयाँ लक्ष्य पाएको थियो। सोमबार भएको पहिलो खेलमा नेपालले दिएको ७८ रनको लक्ष्य युएईले ८.५ ओभरमा ४ विकेटको क्षतिमा भेटटयो। टी–२० आई को दोस्रो खेल भोलि मंगलबार हुनेछ। नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। सन्दीपले एकै ओभरमा २ विकेट लिँदै युएईलाई दबाबमा राखेका थिए। सन्दीपले चौथो ओभरको तेस्रो बलमा युएईका ओपनर तथा कप्तान मुहम्मद वसिम ३३ रनमा क्याच आउट…
Read More
कांग्रेसले पूर्णबहादुरपछि कान्छारामलाई सोध्यो तीन दिने स्पष्टीकरण

कांग्रेसले पूर्णबहादुरपछि कान्छारामलाई सोध्यो तीन दिने स्पष्टीकरण

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिले पूर्णबहादुर तामाङ (कान्छाराम)लाई तीन दिने स्पष्टीकरण सोधेको छ । सोमबार अनुशासन समितिले तामाङलाई तीन दिनभित्र स्पष्टीकरण पेस गर्न भनेकाे हाे। पार्टी र नेतृत्वका विरूद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकाे भन्दै तामाङलाई स्पष्टीकरण साेधिएकाे अनुशासन समितिका सचिव दिनेश थापामगरले बताए । ‘जिल्ला सभापति जस्तो जिम्मेवार तहमा रहेको व्यक्तिले पदीय मर्यादाको ख्याल नगरी नेपाली कांग्रेस पार्टी र पार्टीको नेतृत्वका विरुद्ध बदनियत राखि भ्रमपूर्ण र तथ्यहीन अभिव्यक्ति दिएकोले निजको सो कार्य नेपाली कांग्रेसको विधान २०१७, (संशोधन सहित) को धारा ३४ को उपधारा १ (क) (ख) (ग) (ङ) र (च) बमोजिमको अनुशासन उल्लघंन भएको देखिएको हुनाले नेपाली…
Read More
पार्टीमा सबैलाई मिलाउने मेरो जिम्मेवारी हो, मिलाउँछु : गगन थापा

पार्टीमा सबैलाई मिलाउने मेरो जिम्मेवारी हो, मिलाउँछु : गगन थापा

नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीभित्र सबैलाई मिलाएर लाने आफ्नो जिम्मेवारी रहेको हुँदा सबैलाई मिलाएर जाने प्रतिबद्धता व्यक्त गरेका छन् । बागमतीको चुनावी समीक्षामा सोमबार हेटौंडामा बोल्ने क्रममा सभापति थापाले नेताहरुसँग कुराकानी सुरु गरेको जानकारी गराएका हुन् । पार्टीमा वृहत्तर एकताका लागि नेताहरुसँग संवाद हुने उनले बताए । ‘पार्टीभित्र बस्दै आएका हामीहरु मात्रै मिलेर हुँदैन । पार्टीलाई वर्षौदेखि समर्थन गर्दै आउनुभएको ठूलो पङ्ति छ,’ थापाले भने, ‘सदस्यभन्दा बाहिर हाम्रो लाखौं समर्थक हुनुहुन्छ । हामीलाई यसपटक भोट हाल्नु भएन । किन? त्यो खोजौं भन्ने मेरो कुरा हो ।’ पार्टी भन्दा बाहिर रहेका शुभेच्छुक र समर्थकलाई पनि पार्टीमा जोड्नुपर्ने छ ।’ पार्टीको…
Read More
नेपाल बैंकका पूर्व अध्यक्ष र सरकारी साक्षीविरुद्ध भ्रस्टाचार मुद्दा

नेपाल बैंकका पूर्व अध्यक्ष र सरकारी साक्षीविरुद्ध भ्रस्टाचार मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंकका पूर्व अध्यक्ष राजमान तामाङ, सरकारी साक्षी चन्द्रबहादुर अधिकारी तथा रमेश आचार्यविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।  अख्तियारका प्रवक्ता सुरेश न्यौपानेद्वारा जारी विज्ञप्तिअनुसार बैंकका पूर्व अध्यक्ष तामाङ हिमाल तराई कन्स्ट्रक्सन कम्पनीका प्रोप्राइटर पनि हुन्।  घुस मुद्दामा प्रतिकुल बकपत्र गरेको अभियोगमा चन्द्रबहादुर अधिकारीलाई विपक्षी बनाइएको छ। नेपाल बैंकको सञ्चालक समिति अध्यक्षको पदमा रहेको बेला रमेश आचार्यसँगको मिलेमतोमा तामाङलाई उक्त बैंकबाट ऋण मिलाइदिन सहजीकरण गर्न घुसबापत पाँच लाख रुपैयाँ माग गरी लिन दिन मञ्जुर भएको अख्तियारको आरोपपत्रमा उल्लेख छ।  तामाङसँग घुस लिइ, लिन लगाइसकेको उक्त रकम उल्लेखित चेक अख्तियारले अधिकारीको कोठाबाट बरामद गरेको थियो। अख्तियारले भ्रस्टाचार निवारण…
Read More
भूपदेव शाह रास्वपा महामन्त्री बन्दै 

भूपदेव शाह रास्वपा महामन्त्री बन्दै 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भूपदेव शाहलाई महामन्त्री बनाउने भएको छ । वरिष्ठ नेता तथा प्रधानमन्त्री बालेन्द्र(बालेन) शाहसँग भएको सहमति अनुसार भूपदेवलाई महामन्त्री बनाउन लागिएको हो ।  बालेन काठमाडौं महानगरपालिकाका मेयर हुँदा भूपदेव प्रमुख स्वकीय सचिव थिए । फागुन २१ को निर्वाचनमा अछाम-२ बाट उम्मेदवार उनी पराजित भएका थिए । त्यतिबेला बालेन निकट सुनिल लम्साललाई महामन्त्री बनाउने तयारी थियो ।  तर उनी अहिले भौतिक पूर्वाधारमन्त्री भएकाले लम्सालको ठाउँमा भूपदेवलाई ल्याउन लागिएको हो । रास्वपाको केन्द्रीय समिति बैठक अहिले केन्द्रीय कार्यालय वनस्थलीमा बस्दै छ ।  उपसभापति डीपी अर्याल सभामुखमा निर्वाचित भएपछि उक्त पद पनि खाली छ ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.