युएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा घरेलु टोली नेपाल डीएलएस मेथडमा ६ विकेटले पराजित भएको छ।
नेपालले १९ औँ ओभरमा १ सय २२ रन बनाएपछि वर्षाले खेल प्रभावित भएपछि १० ओभर घटाइएको थियो। ओभर घटाइएपछि युएईले ७८ रनको नयाँ लक्ष्य पाएको थियो।
सोमबार भएको पहिलो खेलमा नेपालले दिएको ७८ रनको लक्ष्य युएईले ८.५ ओभरमा ४ विकेटको क्षतिमा भेटटयो।
टी–२० आई को दोस्रो खेल भोलि मंगलबार हुनेछ।
नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। सन्दीपले एकै ओभरमा २ विकेट लिँदै युएईलाई दबाबमा राखेका थिए।
सन्दीपले चौथो ओभरको तेस्रो बलमा युएईका ओपनर तथा कप्तान मुहम्मद वसिम ३३ रनमा क्याच आउट गराए। वसिमले उनले १५ बलमा ३ चौका र ३ छक्का सहयोगमा ३३ रन बनाउँदा सन्दीप लामिछानेको बलमा कुशल मल्लको हातबाट क्याच आउट हुन पुगे।
सोही ओभरको पाचौँ बलमा अदिव उस्मानीलाई २ रनमा एलबीडब्लु धरापमा पार्दै पेभेलियनको बाटो देखाए।
सन्दीपले नै छैटौँ ओभरको चौथो बलमा हरपित सिंहलाई २ रनमा कुशल मल्लको हातबाट क्याच आउट गराए।
अलिसान सराफु १८ रन बनाउँदा कुशल मल्लको बलमा गुल्सन झा को हातबाट क्याच आउट नै हुन पुगे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले १८.५ ओभरमा ८ विकेटको क्षतिमा १ सय २२ रनको योगफल तयार पारेको थियो।
१९ औँ ओभरको खेल जारी रहँदा पानी परेपछि खेल रोकिएको थियो। नेपालका लागि कप्तान दीपेन्द्र सिंह ऐरि ३२ र सन्दीप लामिछानेले २ रनमा अविजित रहे।
ओपनर कुशल भुर्तेल ९ बलमा १ चौका र १ छक्का सहयोगमा १६ रन बनाउँदा रन आउट भए।
अर्का ओपनर अर्जुन साउद १३ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा बोल्ड आउट हुन पुगे।
६ बलमा १ चौका सहयोगमा ६ रन बनाएका सन्दीप जोरा हैदर अलीको बलमा क्याच आउट भए।
२१ बलमा १ चौका मद्धतमा १७ रन बनाएका कुशल मल्ल जुनैद जुबेरको बलमा एलबीडब्लु धरापमा परे। १४ रन बनाएका बसिर अहमद जुहेब जुबेरको बलमा मोहम्मद वसिमको हातबाट क्याच आउट हुन पुगे। गुल्सन झा १ रन बनाउँदा जुनैद सिद्दीकीको बलमा एलबीडब्लु धरापमा परे।
नन्दन यादवले ७ बलमा २ छक्का सहयोगमा १३ रन बनाउँदा जुहेब सिद्दीकीको बलमा क्याच आउट भए। शेर मल्ल शुन्य रनमा नै पेभेलियन फर्के।
