बाँकेको नरैनापुरमा भीषण आगलागी १३ घरगोठ पूर्णरूपमा नष्ट

नरैनापुर गाउँपालिका वडा नं ३ स्थित गेग्ली गाउँमा मङ्गलबार बिहान भीषण आगलागी हुँदा १३ वटा घरगोठ पूर्णरूपमा नष्ट भएका छन्। आगलागीबाट स्थानीयका फुसको छानो भएका ९ वटा कच्ची घर र ४ वटा गोठमा पूर्णरूपमा क्षति पुगेको हो।

इलाका प्रहरी कार्यालय भगवानपुर का प्रमुख प्रहरी निरीक्षक गणेशराज उप्रेतीका अनुसार आगलागी बिहान करिब ४ः५० बजेबाट सुरु भएको थियो। घटनामा मानवीय तथा चौपायाको क्षति नभए पनि घरभित्र रहेका गहुँ, चामल, दाल, लत्ताकपडा लगायत सम्पूर्ण सामग्री जलेर नष्ट भएको छ।

आगलागी नियन्त्रणका लागि नेपालगन्ज उपमहानगरपालिका र नरैनापुर गाउँपालिकाबाट एक,एक वटा दमकल खटाइएको थियो। साथै प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीको सक्रिय सहयोगमा बिहान साढे ९ बजे आगो पूर्णरूपमा नियन्त्रणमा लिइएको हो।

आगलागीको कारण खुल्न नसकेको र क्षतिको विस्तृत विवरण सङ्कलन कार्य जारी रहेको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.