रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुदन

रवि लामिछाने भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुदन

 रास्वपा सभापति रवि लामिछाने र गृहमन्त्री सुधन गुरुङबीच भेटवार्ता भएको छ । रविलाई भेट्न गृहमन्त्री गुरुङ उनको बुढानिलकण्ठस्थित निवासमा पुगेका थिए । भेटघाटको विषयमा विस्तृत विवरण आउन बाँकी छ । राजीनामाको दबाबका बीच सुधनले पार्टी सभापति रविलाई भेटेका हुन् ।
Read More
हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ।

हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले गृहमन्त्री सुधन गुरुङको राजीनामा माग गर्नुभएको छ। विवादमा मुछिएका गृहमन्त्री गुरुङबारे मङ्गलबार सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उहाँले पदबाट राजीनामा दिँदा उपयुक्त हुने प्रतिक्रिया दिनुभएको हो ।  गृहमन्त्रीबारे नयाँ नयाँ लफडाका कुराहरु सुनिने गरेकाले उहाँले मार्ग प्रशस्त गर्दा उपयुक्त हुने आफ्नो सुझाव रहेको अध्यक्ष राईको भनाइ छ ।   उहाँले गृहमन्त्री गुरुङबारे नयाँ नयाँ प्रश्न उठ्नु राम्रो नभएको पनि पटकपटक बताउनुभयो । अध्यक्ष राईले भन्नुभयो, “त्यो विषय बस्तु त होइन । तर प्रश्न आइहाल्यो । प्रश्नबाट भाग्यो हर्क साम्पाङ भन्ने आउला ।उहाँले जहिले जहिले पनि नयाँ नयाँ सुनिराखिन्छ । त्यस्तो नहुँदा राम्रो हुन्थ्यो ।…
Read More
मन्त्रिपरिषद् बैठक बस्दै

मन्त्रिपरिषद् बैठक बस्दै

आज मन्त्रिपरिषद् बैठक बस्दैछ। प्रधानमन्त्री बालेन्द्र शाहले दिउँसो ३:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। गृहमन्त्री सुदन गुरुङको बर्खास्तीको माग उठिरहेका बेला प्रधानमन्त्री शाहले मन्त्रिपरिषद् बैठक आह्वान गरेका हुन्।
Read More
प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्रीले राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानका पदाधिकारीसँग छलफल गर्दै

प्रधानमन्त्री वालेन्द्र शाहले अर्थ मन्त्रीसहित राष्ट्रिय योजना आयोग र नीति अनुसन्धान प्रतिष्ठानसँग छलफल शुरु गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शुरु बैठकमा सरकारको राष्ट्रिय प्राथमिकता, यी निकायहरूको जिम्मेवारी, कार्यक्रम र बजेटबारे छलफल भइरहेको छ । बैठकमा यी निकायहरूले काम गर्दा भोगिरहेका चुनौती र सुधारका मुख्य सुझावहरूबारे समेत छलफल हुनेछ ।
Read More
परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी सहायक विदेशमन्त्री कपुरबिच भेटवार्ता

 नेपाल भ्रमणमा रहेका दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेश मन्त्री एस. पाउल कपुरले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन् । सोमबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटघाटमा दुई देशबिचको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले बताए । दुई पक्षीय भेटघाटमा नेपाल–अमेरिकाबिचको मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने र व्यापार तथा लगानीका क्षेत्रमा सहकार्य बढाउँदै आर्थिक सम्बन्धलाई थप फराकिलो बनाउने विषयमा छलफल भएको बताइएको छ । दुई देशको हितका क्षेत्रमा थप सहकार्य गर्ने तथा आर्थिक साझेदारीका अवसरहरू खोजी गर्ने प्रतिबद्धता दुवै जनाले गरेको मन्त्रालयले जनाएको छ । नेपाल र अमेरिकाबिचको लामो समयदेखिको…
Read More
बालेन सरकारलाई चुनाैती दिदै स्थानीय सरकार !

बालेन सरकारलाई चुनाैती दिदै स्थानीय सरकार !

संघीय सरकारले वैशाख २१ गतेबाट नयाँ शैक्षिक सत्रको भर्ना अभियान सुरु गर्न दिएको निर्देशनविपरीत देशभरका कतिपय स्थानीय तहले भर्नासँगै पठनपाठन पनि सुरु गरेका छन् । उनीहरूले विगतका वर्षहरूमा झैँ भर्ना अभियान र पठनपाठनलाई निरन्तरता दिएका हुन् । मन्त्रिपरिषद्को गत चैत २२ गते बसेको बैठकले देशभरका विद्यालयमा वैशाख १५ गतेदेखि भर्ना अभियान सुरु गर्ने र वैशाख २१ देखि नियमित पठनपाठन प्रारम्भ गर्ने निर्णय गरेको थियो । तर स्थानीय तहहरूले संविधानमा उल्लेख व्यवस्था र विद्यार्थीको शैक्षिक उन्नयनमा बाधा नहोस् भनेर पूर्वनिधारित शैक्षिक क्यालेन्डरअनुसार नै भर्ना अभियानसँगै पठनपाठन सुरु गरेको दाबी गरेका छन् । गाउँपालिका महासंघ, नगरपालिका महासंघले पनि संघीय सरकारको परिपत्रको विषयमा…
Read More
कर्णालीको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

कर्णालीको मन्त्रिपरिषद् बैठकले गर्‍यो यस्ता निर्णय

 कर्णालीमा मङ्गलवार बिहान मन्त्रिपरिषद्को बैठक बसेको छ । उक्त बैठकमा कर्णाली प्रदेश सवारी तथा यातायात व्यवस्था नियमावली, २०८२ स्वीकृत गर्ने निर्णय भएको सरकारका प्रवक्ता विनोदकुमार शाहले बताए । उनका अनुसार, कालिकोटको महाबै गाउँपालिकाको केन्द्र जोड्ने सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने पनि निर्णय भएको छ । यस्तै जाजरकोट जिल्लाको वडावन सानाखोला सडक प्रादेशिक प्राथमिकता आयोजनाको रूपमा समावेश गरी राष्ट्रिय प्राथमिकता प्राप्त आयोजनामा समावेश गर्न राष्ट्रिय योजना आयोगमा सिफारिस गर्ने निर्णय भएको शाहले बताए ।
Read More
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै

राष्ट्रिय सभाअन्तर्गतको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक आज बस्दैछ । बैठक मध्यान्ह साढे १२ बजे बस्नेछ ।  बैठकमा नयाँ संसद् भवन र ग्यालरी बैठक भवनको निर्माण प्रगति सम्बन्धमा सहरी विकास तथा भवन निर्माण विभागसँग छलफल हुनेछ । 
Read More
‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

‘काजी’ को प्रदर्शन मितिसँगै टिजर सार्वजनिक

चलचित्र ‘काजी’ को प्रदर्शन मिति घोषणासँगै टिजर सार्वजनिक गरिएको छ । अभिनेता विपिन कार्कीको शीर्ष भूमिका रहेको चलचित्र मायाप्रेममा आधारित छ । रामप्रसाद रिजालको प्रस्तुति रहेको चलचित्रमा केकी अधिकारी, गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकीलगायतको अभिनय छ । रिजाल एन्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र लक्ष्मण रिजालले निर्देशन गर्नुभएको छ । प्रदीप भारद्वाजको पटकथा रहेको चलचित्रमा चिन्तन राजभण्डारीको छायाङ्कन, कालीप्रसाद बाँस्कोटाको सङ्गीत, ओजस्वी ओझाको प्रोडक्सन डिजाइन, रङ संयोजक श्याम कुँवर, सागर अर्यालको लोकेसन ध्वनि र सुजिल कर्माचार्यको पाश्र्व सङ्गीत छ । चलचित्र जेठ ८ गते प्रदर्शनमा आउने भएको छ । 
Read More
नेपाल यूएईसँग ६ विकेटले पराजित

नेपाल यूएईसँग ६ विकेटले पराजित

युएईविरुद्धको पहिलो टी–२० आई क्रिकेटमा घरेलु टोली नेपाल डीएलएस मेथडमा ६ विकेटले पराजित भएको छ। नेपालले १९ औँ ओभरमा १ सय २२ रन बनाएपछि वर्षाले खेल प्रभावित भएपछि १० ओभर घटाइएको थियो। ओभर घटाइएपछि युएईले ७८ रनको नयाँ लक्ष्य पाएको थियो। सोमबार भएको पहिलो खेलमा नेपालले दिएको ७८ रनको लक्ष्य युएईले ८.५ ओभरमा ४ विकेटको क्षतिमा भेटटयो। टी–२० आई को दोस्रो खेल भोलि मंगलबार हुनेछ। नेपालका सन्दीप लामिछानेले तीन विकेट लिएपनि टोलीको हार टार्न सकेनन्। सन्दीपले एकै ओभरमा २ विकेट लिँदै युएईलाई दबाबमा राखेका थिए। सन्दीपले चौथो ओभरको तेस्रो बलमा युएईका ओपनर तथा कप्तान मुहम्मद वसिम ३३ रनमा क्याच आउट…
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.