नेकपा एमालेको प्रमुख सचेतकमा ऐन महर चयन भएका छन् ।
संसदीय दलका नेता रामबहादुर थापाले महरलाई प्रमुख सचेतक नियुक्त गरेका हुन् । महर बझाङबाट प्रत्यक्ष निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।
नियुक्तिपछि प्रतिक्रिया दिँदै महरले आफूले पाएको जिम्मेवारीप्रति खुसी व्यक्त गर्दै पूर्ण निष्ठा र इमानदारिताका साथ काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
