महिला च्यालेन्ज ट्रफी : भानुआटुसँग नेपालको लज्जास्पद हार

आइसिसी महिला टी-२० च्यालेन्ज ट्रफीमा नेपालले दोस्रो लज्जास्पद हार व्यहोरेको छ । शुक्रवार रुवान्डामा रहेको किगाली गहंगा क्रिकेट ओभलमा नेपाल भानुआटुसँग २२ रनले पराजित भएको हो ।

भानुआटुले दिएको ९८ रनको लक्ष्य पछ्याएको नेपाल १५.३ ओभरमा मात्रै ७५ रनमा अलआउट भयो । नेपालका लागि ओपनर सम्झना खड्काले सर्वाधिक २४ रन बनाइन् । कप्तान इन्दु बर्माले १३ रन जोडीन् ।

बलिङतर्फ भानुआतुकी नसिमानाले ३ विकेट लिइन् भने सेलिना सोलमनको नाममा २ विकेट रह्यो ।

त्यसअघि, टस जितेर पहिला ब्याटिङ गरेको भानुआटुले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर ९७ रन बनाएको थियो । भानुआटुका लागि भ्यालेन्टा लाङ्गियातु सर्वाधिक ४२ रन बनाइन् ।

नेपालका लागि रिया शर्माले २ विकेट लिँदा मनिषा उपाध्याय ,रचना चौधरी र कविता कुवरले समान १/१ विकेट लिए ।प्रतियोगितामा कुल ५ टोलीको सहभागिता रहेको छ । यसअघि नेपाल अमेरिकासँग पराजित भएको थियो भने इटाली र घरेलु टोली रुवान्डालाई हराएको थियो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.