सबै अध्यादेश तत्काल खारेज गर्न एमालेको माग

प्रतिपक्ष दल नेकपा (एमाले)ले सरकारले हालै जारी गरेका सबै अध्यादेश तत्काल खारेज गर्न माग गरेको छ ।

प्रतिनिधि सभाको सोमबारको आकस्मिक समयमा बोल्दै एमालेकी सचिव पद्मा अर्यालले सरकारले स्वेच्छाचारी ढंगले संवैधानिक परिषद्सम्बन्धी लगायतका अध्यादेश ल्याएको आरोप लगाउँदै ती तत्काल फिर्ता लिनुपर्ने माग गरिन् ।

उनका अनुसार सरकारले ल्याएका अध्यादेशहरूले संसदको अधिकार कुण्ठित गर्ने र संसदीय मर्यादामाथि प्रहार गर्ने काम गरेको छ ।

सचिव अर्यालले न्यायपालिका प्रमुखलाई प्रधानमन्त्रीको तजविजमा नियुक्त गर्ने जस्ता आपत्तिजनक व्यवस्था अघि बढाइएको भन्दै आक्रोश व्यक्त गरिन् । ‘लोकतन्त्रमा सरकार शक्तिशाली हुन सक्छ तर सार्वभौम संसदभन्दा माथि कहिल्यै हुन सक्दैन। त्यसैले कार्यपालिकाको यो स्वेच्छाचारिता तत्काल बन्द गरियोस्, संसदको हुर्मत लिने काम रोकियोस् र सबै अध्यादेश अविलम्ब खारेज गरियोस्’ उनले भनिन् ।

अर्यालले सरकार सार्वभौम संसदभन्दा माथि हुन नसक्ने भन्दै संसदीय मर्यादा र विधिको शासन स्थायी हुनुपर्नेमा जोड दिइन् ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.