नेप्से परिसूचकमा ३८ दशमलव १९ अङ्कको वृद्धि

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक ३८ दशमलव १९ अङ्कले उकालो लागेर दुई हजार ७८३ दशमलव ८५ मा पुगेको छ । यो एक दशमलव ३९ प्रतिशतको वृद्धि हो ।

ठुला कम्पनीको कारोबार मापक सेन्सेटिभ परिसूचक छ दशमलव शून्य आठ अङ्कले उकालो लागेर ४७३ दशमलव ४१ मा पुगेको छ । कारोबार भएकामध्ये कुल २४७ कम्पनीको शेयर मूल्य बढेको छ भने १८ कम्पनीको ओरालो लागेको छ । यस्तै, चार कम्पनीको शेयर मूल्यमा कुनै परिवर्तन भएको छैन ।

कुल एक करोड चार लाख ३९ हजार ४३२ कित्ता शेयर चार अर्ब ६१ करोड ३५ लाख ६३ हजार छ सय ३५ रुपियाँमा कारोबार भयो ।

उच्च कारोबारका आधारमा रिलायन्स स्पिनिङ मिल्स, नेसनल हाइड्रोपावर कम्पनी, एसवाई प्यानल नेपाल, रिडी पावर कम्पनी र साहस ऊर्जा लिमिटेड शीर्ष स्थानमा रहेको छ ।

यस्तै, फस्र्ट माइक्रो फाइनान्स लघुवित्त, कुमारी धनवृद्धि योजना, डोलटी पावर कम्पनी, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र मेछ्याङ हाइड्रोपावरका लगानीकर्ताले कमाएका छन् । त्रिशूली जलविद्युत् कम्पनी, एनएमबी–५०, लक्ष्मी बैँकको ऋणपत्र, सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम दोस्रो र प्राइम बैँकको ऋणपत्रका लगानीकर्ताले भने गुमाएका छन् । रासस

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.