आज आइतबार सुनको भाउ वृद्धि भएको छ भने चाँदीको मूल्य घटेको छ । यस दिन सुनको भाउ तोलामा १ हजार रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रबार २ लाख ९९ हजार ९०० रुपैयाँ रहेको सुनको भाउ आज आइतबार २ लाख ९८ हजार ९०० रुपैयाँमा झरेको छ ।
तोलाको २५ रुपैयाँले बढेर चाँदीको भाउ ५ हजार ३०० रुपैयाँ पुगेको छ ।
अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७१५ र त्यति नै परिमाणको चाँदी ८० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
