दार्चुलामा भूकम्प गएको छ। आइतबार बिहान ११ः५५ बजे भूकम्प गएको हो।
दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दियो ।
भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। क्षतिको विवरण आएको छैन।
