रास्वपाद्वारा संगठन विस्तार : पाण्डे र अधिकारीले पाए विभागीय नेतृत्व

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विभिन्न केन्द्रीय विभाग र जिम्मेवारीहरूमा नयाँ नियुक्ति गर्दै संगठन विस्तारलाई तीव्रता दिएको छ।

आइतबार पार्टीको केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय सचिवालय बैठकले शिक्षा, स्टार्ट-अप र र्‍यापिड एक्सन टिमलगायतका महत्त्वपूर्ण क्षेत्रमा नेतृत्व चयन गरेको हो।

पार्टीको निर्णय अनुसार केन्द्रीय शिक्षा विभागको प्रमुखमा मिलन पाण्डेलाई मनोनयन गरिएको छ भने आर्थिक विकास र उद्यमशीलतालाई लक्षित गर्दै डाक्टर प्रभात अधिकारीलाई स्टार्ट-अप विभागको प्रमुखको जिम्मेवारी सुम्पिएको छ।

यसैगरी, पार्टीको परिचालन शक्तिलाई व्यवस्थित बनाउन गठित र्‍यापिड एक्सन टिमको केन्द्रीय प्रमुखमा मकवानपुरका बैकुण्ठ थापा (आशिष) र उप-प्रमुखमा सशस्त्र प्रहरी बलका पूर्व डीआईजी विदुर खड्कालाई नियुक्त गरिएको छ।

यसै बैठकले कर्णाली प्रदेशको सांगठनिक संरचनालाई पनि पूर्णता दिने क्रममा राजबहादुर साह र अविसरा सुवेदीलाई प्रदेश सह-महामन्त्रीको जिम्मेवारी प्रदान गरेको प्रवक्ता मनिष झाले जानकारी दिए।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.