उद्योग वाणिज्य महासंघ निर्वाचन : मत गणना सुरू

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को भावी नेतृत्वका लागि आज भएको निर्वाचनको मत गणना सुरू भएको छ ।

काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा केहीबेरअघि सम्पन्न निर्वाचनको मत गणना सोही स्थानमा सुरू गरिएको निर्वाचन समितिका मुख्य निर्वाचन अधिकृत लीमामणि पौडेलले जानकारी दिए ।

उनका अनुसार जिल्ला/नगर, वस्तुगत र एसोसिएट्सको मत गणना एकसाथ सुरू गरिएको छ । अबको केही घण्टामा सम्पूर्ण परिणाम दिने प्रयास रहेको उनले बताए ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.