विश्वकप डिभिजन लिग-२ अन्तर्गत काठमाण्डूको कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई हराएको छ।
मङ्गलवारको खेलअघि नेपालले टस जितेर ब्याटिङ रोजेको थियो।
निर्धारित ५० ओभरमा १ बल बाँकी छँदै नेपाली टोली २५६ रन बनाएर अलआउट भयो।
नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ९४ रन बनाए। उक्त इनिङ्समा ओमानका नदीम खानले नेपालको ३ विकेट लिए।
दोस्रो इनिङ्समा ओमान १७५ रन बनाउँदा अलआउट भयो। यस इनिङ्समा नेपालका गुलशन झाले ५ विकेट लिए।
यससँगै यो शृङ्खलामा आफूले खेलेका ४ खेलमध्ये नेपालले ३ खेल जित्दै ६ अङ्क पाएको छ।
यूएईले २ खेल जितेको छ भने ओमान जम्मा १ खेलमा विजयी भएको छ।
