नेप्सेमा आज सामान्य वृद्धि भएको छ । आज मंगलबार नेप्से ८.७८ अंकले बढेर २७१२.८६ विन्दुमा पुगेर रोकिएको छ ।
आज ३३५ कम्पनिका ७७ लाख ३४ हजार १२ कित्ता शेयर ३ अर्ब ४३ करोड ९० लाख ६८ हजार ३९२ मा कारोबार भएको थियो । आज विकास बैंक, फाइनान्स, होटल्स, माइक्रो फाइनान्स, निर्जीव वीमा र ट्रेडिङ बाहेक सबै क्षेत्रको शेयर मुल्य बढेको छ ।
आज, सबैभन्दा बढी अपर लोहोरे खोला हाइड्रोको शेयरमा ११.१६ प्रतिशतले बढेको छ सोलु हाइड्रोको शेयर ७.५६ प्रतिशतले बढेको छ । त्यस्तै आज सबै भन्दा बढी फरवार्ड माइक्रो फाइनान्सको शेयर ९.३१ प्रतिशतले घटेको छ ।
त्यस्तै आज सबै भन्दा बढी सोलु हाइड्रोको २३ करोड ५७ लाखको कारोबार भएको छ भने रिलायन्स स्पिनिंग मिल्सको १२ करोड ७८ लाख बराबरको कारोबार भएको छ ।
