संसद् बैठक आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस

सरकारले वैशाख २८ गते दिउँसो २ बजेका लागि संघीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ ।

मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो ।

यसअघि आह्वान गरिएको अधिवेशन सरकारकै सिफारिसमा स्थगित गरिएको थियो, जसपछि सरकारले ८ वटा अध्यादेश जारी गरेको थियो ।

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश प्रारम्भमा फिर्ता पठाए पनि राष्ट्रपतिले पछि त्यसलाई जारी गरिसकेका छन् ।

त्यसलगत्तै सरकारले पुनः संसद् अधिवेशन बोलाउने निर्णय गरेको हो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.