प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक

प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज दिउँसो ३ बजे बैठक बस्ने सरकारका प्रवक्ता सस्मित पोखरेलको सचिवालयले जनाएको छ ।

यसअघि पनि हिजो मन्त्रिपरिषद् बैठक बसेको थियो । पछिल्ला दिनहरूमा लगातार बैठक बस्नुले सरकार नीति, प्रशासनिक निर्णय तथा समसामयिक विषयमा सक्रिय रूपमा छलफलमा रहेको संकेत देखिएको छ ।

बैठकका एजेण्डाबारे भने औपचारिक रूपमा जानकारी सार्वजनिक गरिएको छैन ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.