कांग्रेसले विघटन गर्यो तरूण दल, विद्यार्थी संघ लगायतका ५ संगठन

 नेपाली कांग्रेसले महाधिवेशन गर्न नसकेका नेपाल तरूण दल, नेपाल विद्यार्थी संघ लगायत भ्रातृ संस्थाहरू विघटन गरेको छ ।

तोकिएको समयभित्र महाधिवेशन सम्पन्न नगरेको र तत्काल सम्भावना पनि नदेखिएको निष्कर्षसहित केन्द्रीय कार्यसम्पादन समितिले यस्तो निर्णय गरेको हो ।

तरूण दलका अध्यक्ष विद्वान गुरूङ र नेपाल दलित संघका अध्यक्ष लोकबहादुर विश्वकर्माको राजीनामापछि सम्बन्धित समितिहरू स्वतः विघटन भएको कांग्रेसले जनाएको छ ।

अब ती सबै भ्रातृ संस्थाहरूको महाधिवेशन सम्पन्न गराउने जिम्मेवारी केन्द्रीय कार्यसमितिका सभापति गगन थापा लाई दिइएको छ ।

यता नेपाल थारू संघ ले भने २०८३ जेठ १६–१७ मा महाधिवेशन गर्ने कार्यतालिका प्रस्तुत गरिसकेकोले सो अवधिसम्मका लागि म्याद थप गरिएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.