नागरिक उड्डयन प्राधिकरण महानिर्देशक पदमा २१ जनाको आवेदन

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदमा २१ जनाको आवेदन परेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार प्राधिकरण महानिर्देशक पदसमेत अब खुला प्रतिस्पर्धाबाट नियुक्त गरिँदैछ ।

मन्त्रालयले १२ वैशाखका दिन सूचना प्रकाशित गर्दै योग्य आवेदकसँग आवेदन मागेको थियो । प्राधिकरण ऐन २०५३ अनुसार नेपाल सरकारको सेवामा वा प्राधिकरणको सेवामा संलग्न रहेको र कुनै विदेशी मुलुकको नागरिकता नलिएको हुनुपर्ने प्रावधान छ ।

उता, नेपाल वायुसेवा निगममा ५ जना सञ्चालक समिति सदस्य पदका लागि २७ जनाको आवेदन परेको समेत मन्त्रालयले जानकारी दिएको छ । सोही दिन ४ जना सञ्चालक सदस्यका लागि आवेदन माग गरिएको थियो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.