व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छुट्ने (रिहा) भएका छन् । सर्वोच्च अदालतले उनकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि सुनुवाइ गर्दै उनलाई धरौटीमा छोड्न आदेश दिएको हो।
न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले गोल्छालाई धरौटीमा छाड्न आदेश दिएको हो। इजलासले उनलाई धरौटी वा जमानतमा छाड्न सकिने अवस्था हुँदाहुँदै अनुसन्धान अधिकारीले थुनामा राख्न अनुमति लिएको भन्दै उक्त प्रक्रिया नै खारेज गरेको जनाएको छ।
नेपाल धितोपत्र बोर्डको छानबिन प्रतिवेदनका आधारमा थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले उनलाई गत वैशाख ११ गते पक्राउ गरेको थियो।
