रामबहादुर बम्जनले पाए सफाई

सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा रामबहादुर बम्जनले अदालतबाट सफाइ पाएका छन्।

जिल्ला अदालत सर्लाहीका न्यायाधीश महेन्द्रराज काफ्लेको इजलासले गत ८ वैशाखमा फैसला गर्दै अभियोग पुष्टि हुन पर्याप्त आधार नदेखिएको निष्कर्षसहित बम्जनलाई दोषमुक्त गरेको हो।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बुढानीलकण्ठ क्षेत्रबाट पक्राउ गर्दा ठूलो परिमाणमा नगद बरामद भएपछि बम्जनविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान अघि बढाइएको थियो। त्यसपछि उक्त कसुरमा मुद्दा दायर गरिएको थियो।

बम्जनमाथि यसअघि बाल यौन दुराचार तथा व्यक्ति बेपत्ता पारेको आरोपसम्बन्धी मुद्दासमेत चलेका थिए। बाल यौन दुराचारसम्बन्धी प्रकरणमा उच्च अदालत जनकपुरले ६ चैत २०८१ मा सफाइ दिएपछि उनी कारागारमुक्त भएका थिए।

यसअघि जिल्ला अदालत सर्लाहीले १७ असार २०८१ मा बम्जनलाई १० वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो। उक्त निर्णयविरुद्ध उनले उच्च अदालतमा पुनरावेदन गरेका थिए।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.