आज नेपाली बजारमा सुनको भाउ १ हजार रुपैयाँले घटेको छ भने चाँदीको मूल्य ६५ रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ९५ हजार १०० रुपैयाँ कामय भएको छ ।
त्यस्तै, आज चाँदी ६५ रुपैयाँले बढेर ५ हजार १० कायम भएको छ । गत शुक्रबार सुन तोलामा २ लाख ९६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो भने चाँदी ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियो ।
