राष्ट्रपति पौडेलद्वारा आज अर्को अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले आईतबार ‘केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८३’ जारी गरेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११४ को उपधारा (१) बमोजिम अध्यादेश जारी गरेका हुन् ।

सरकारले संसद्को अधिवेशन नभएको अवस्थामा तत्काल कानुनी गाँठो फुकाउनुपर्ने भएकाले अध्यादेशमार्फत विभिन्न प्रचलित ऐनहरूका केही प्रावधानमा संशोधन गरेको छ ।

पछिल्लो दिनयता राष्ट्रपति पौडेलले ५ अध्यादेश जारी गरिसकेकोमा आईतबार छैठौं अध्यादेश जारी भएको छ ।

आईतबार प्रमाणीकरण भएको अध्यादेशले एकैपटक धेरै ऐनका प्राविधिक तथा व्यवस्थापकीय त्रुटिहरूलाई सच्याउने र समसामयिक बनाउनेछ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.