राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी स्थानीय तहको निर्वाचनका लागि उम्मेदवार छनोटमा नयाँ र कडा मापदण्ड तय गरेको छ।
वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा आइतबार बसेको केन्द्रीय सचिवालयको बैठकले निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न चाहने सदस्यहरूका लागि विशेष योग्यताको व्यवस्था गरेको पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए ।
बैठकको निर्णयअनुसार अब रास्वपाबाट स्थानीय तहको उम्मेदवार बन्न इच्छुक जुनसुकै पार्टी सदस्यले अनिवार्य रूपमा ‘क्याण्डिडेट क्लब’ र ‘लिडरशिप एकेडमी’ बाट उत्तीर्ण हुनुपर्नेछ। पार्टीले सक्षम, प्रशिक्षित र नेतृत्वदायी क्षमता भएका व्यक्तिहरूलाई मात्र चुनावी मैदानमा उतार्ने उद्देश्यले यो विधि अवलम्बन गरेको जनाएको छ।
