फेरी बढ्यो सुनचाँदीको भाउ

सुनचाँदीको भाउ आज बिहीबार फेरी बढेको छ । बढेसंगै सुन आज तोलामा २ हजार रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

भाउ बढेर सुन आज तोलाको २ लाख ९८ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुनको भाउ तोलाको २ लाख ९६ हजार ८०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि तोलामा १०० रुपैयाँले बढेको छ । चाँदी आज तोलामा ५ हजार १५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको ५ हजार ५५ रुपैयाँ थियो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.