नेपाल ‘ए’ सामु स्कटल्याण्डद्वारा ३०३ रनको विशाल लक्ष्य प्रस्तुत

जारी पाँचौँ एकदिवसीय खेलमा स्कटल्याण्डले नेपाल-ए सामु ३ सय ३ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ रोजेको स्कटल्याण्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३ सय २ रन बनाएकाे हाे । स्कटल्याण्डका लागि प्रारम्भिक ब्याटर जर्ज मुन्सेले विष्फोटक ब्याटिङ गर्दै सर्वाधिक ६२ रनको योगदान दिए। उनले ५१ बलको सामना गर्दै ६ चौका र ३ छक्का प्रहार गरेका थिए।

त्यस्तै, मध्यक्रमका ब्याटर माइकल इङ्लिसले ५६ रनको अर्धशतकीय इनिङ्स खेले भने कप्तान रिचर्ड बेरिंग्टनले ४० रन जोडे। टोलीका लागि ब्राण्डन म्याकमुलनले ३९ र ज्याक जार्विसले आक्रामक ३० रन थपेपछि स्कटल्याण्ड बलियो स्कोर खडा गर्न सफल भयो।

नेपाल-ए का बलरहरू मध्ये आकाश चन्द सबैभन्दा सफल देखिए। उनले ९ ओभर बलिङ गर्दै ५९ रन खर्चेर ३ महत्वपूर्ण विकेट लिए। त्यसैगरी शेर मल्ल, विपिन खत्री, पवन सर्राफ र कुशल मल्लले समान १–१ विकेट हात पारे।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.