धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर भूकम्पको धक्का

धादिङको चारङ्गेफेदी केन्द्रविन्दु भएर आज ११ः१४ बजे ४.१ ‘म्याग्निच्युड’को भूकम्प भएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।

भूकम्पको धक्का धादिङसहित आसपासका जिल्लामा महसुस भएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख डा.लोकविजय अधिकारीले राससलाई बताए ।

भूकम्पबाट कुनै किसिमको क्षति प्राप्त नभएको जनाइएको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.