रास्वपाको आकस्मिक सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आकस्मिक सचिवालय बैठक बोलाएको छ ।

बैठक आजै दिउँसो सवा ३ बजे बस्ने पार्टी प्रवक्ता मनिष झाले जानकारी दिए । उनका अनुसार, सचिवालय बैठक भर्चुअल माध्यमबाट बस्नेछ ।

बैठकमा पार्टी एकता, समायोजन र विविध विषय छलफलका एजेन्डा तय गरिएका छन् ।

स्रोतका अनुसार, उज्यालो नेपाल पार्टीसँग समझदारी भएको सहमतिको विषय भाँडिएपछि रास्वपाले शीर्ष छलफल गर्न लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *