यूएईले ओमानलाई दियो ३०९ रनको लक्ष्य

आईसीसी विश्वकप लिग २ अन्तर्गत यूएई र ओमानले प्रतिस्पर्धा गरिरहेका छन्।

कीर्तिपुरस्थित टियु मैदानमा जारी खेलमा यूएईले ३०९ रनको लक्ष्य दिएको छ। ४७ ओभरमा झारिएको खेलमा टस जितेर पहिले ब्याटिङ थालेको यूएईले निर्धारित ओभरमा ८ विकेट गुमाएर ३०८ रन जोड्यो।

युएईका चार ब्याट्सम्यानले अर्धशतक बनाए। हरप्रित सिंहले ७७, मुहम्मद शाहदादले ७४, अजीव उस्मानीले ७० तथा आर्यान्श शर्माले ५० रन जोडे।

यी चार ब्याटरबाहेक अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन्।

बलिङतर्फ ओमानका मुहम्मद इमरानले तीन, नदीम खानले दुई तथा आर्यान बिष्ट र शकिल अहमदले एक–एक विकेट लिए।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.