काठमाडौं उपत्यकामा अव्यवस्थित बस्ती अटाउने अभियानको युवाहरुले विरोध गरेका छन् । सुकुम्बासी भूमिहीनहरुको उचित व्यवस्थापन नगरी उनीहरुलाई जवरजस्ती हटाउने काम गरिएको भन्दै शनिबार युवाहरुको समूहले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गरेका हुन् ।
प्रदर्शनमा सहभागीहरुले सुकुम्बासीहरुको सहि व्यवस्थापन गर, खोइ मानवता डोजरले पुर्यो, सुकुम्बासी समस्या असमान वितरण र आर्थिक असमानताको उपज हो, सुकुम्बासी नेपालभित्र पर्छन् कि पर्दैनन् ? लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए । उनीहरुले बालबालिका, गर्भवती, सुत्केरी, विरामी, ज्येष्ठ नागरिकलगायतका आम नागरिकलाई आतंकित बनाउने काम तत्काल बन्द गर्न माग गरेका छन् ।
