सरकारले दोस्रो चरणअन्तर्गत सुकुमबासी तथा नदी क्षेत्र आसपासका बस्तीमा डोजर चलाइरहेको छ । यो क्रमले शनिबार पनि निरन्तरता पाइरहेको छ ।
आज स्वयम्भू तथा बालाजु क्षेत्रको अतिक्रमित बस्तीमा डोजर चलेको छ । यसअघि शुक्रबार टेकु, शंखमुख, बल्खु, बंशीघाट क्षेत्रको सुकुमबासी बस्तीमा डोजर चलेको थियो ।
यसअघि पहिलो चरणमा सरकारले थापाथली,गैरीगाउँ लगायत क्षेत्रको सुकुमबासी बस्ती हटाएको थियो।
