कुमारी बैंकले चालु आवको चैत मसान्तसम्म ४ अर्ब १७ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा गत आवको सोही अवधिको तुलनामा १३६१.७६ प्रतिशतले बढेको छ ।
गत आवको सोही अवधिमा बैंकको नाफा २८ करोड ५८ लाख रुपैयाँ रहेको छ । यो अवधिमा बैंकको खुद ब्याज आम्दानी १७.८० प्रतिशतले बढेर ९ अर्ब ३० करोड २२ लाख रुपैयाँ रहेको छ ।
बैंकको सञ्चालन आम्दानी २२.०८ प्रतिशतले बढेर १२ अर्ब ८१ करोड ३० लाख रुपैयाँ पुगेको छ । यो अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ५ अर्ब १६ करोड ७१ लाख रुपैयाँबाट घटेर १ अर्ब ५६ करोड ६९ लाख रुपैयाँ छ ।
बैंकको सञ्चालन नाफा ८५ करोड ८३ लाख रुपैयाँबाट ६५७.८० प्रतिशतले बढेर ६ अर्ब ५० करोड ४९ लाख रुपैयाँ छ । बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ९८ करोड ९५ लाख रुपैयाँ ऋणात्मक छ । बैंकको प्रतिसेयर आम्दानी २१.२४ रुपैयाँ पुगेको छ प्रतिसेयर नेटवर्थ १५८.५३ रुपैयाँ रहेको छ ।
बैंकको खराब कर्जा ६.९८ प्रतिशतबाट घटेर ६.९४ प्रतिशत रहेको छ । २६ अर्ब २२ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ३३ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
बैंकले ३ खर्ब ८१ अर्ब ६६ करोड ६६ लाख रुपैयाँ निक्षेप संकलन गरेर २ खर्ब ७३ अर्ब २१ करोड २५ लाख रुपैयाँ ग्राहकमा कर्जा लगानी गरेको छ ।
