ग्लोबल आइएमई बैंकको नाफा ४ अर्ब ४० करोड

ग्लोबल आइएमई बैंकले चैत मसान्तसम्म ४ अर्ब ४० करोड ११ लाख ७८ हजार रुपैयाँ नाफा कमाएको छ ।

यो नाफा गत अवाको सोही अवधिको तुलनामा २.९३ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा ४ अर्ब ५३ करोड ४० लााख रुपैयाँ रहेको थियो ।

यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ११ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा १२ अर्ब ३१ करोड ७१ लाख रुपैयाँ रहेको थियो ।

बैंकको सञ्चालन नाफा ६.८२ प्रतिशतले घटेर ५ अर्ब ९० करोड ४६ लाख रुपैयाँ रहेको छ । ३८ अर्ब ११ करोड ५८ लाख रुपैयाँ चुक्ता पुँजी रहेको बैंककोे जगेडा कोषमा २६ अर्ब ९२ करोड रुपैयाँ छ ।

बैंकको वितरणयोग्य नाफा ३ अर्ब ५४ लाख रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा ४.९८ प्रतिशतबाट घटेर ४.९७ प्रतिशत छ ।

बैंकको प्रतिसेयर आम्दानी १५.४० रुपैयाँ रहेको छ भने प्रतिसेयर नेटवर्थ १७८.५३ रुपैयाँ रहेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.