गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

गृहमन्त्रीलाई बर्खास्त गरी पक्राउ गर्न जेनजी मुभमेन्टको माग

जेनजी मुभमेन्ट नेपालले विभिन्न शंकास्पद गतिविधिमा नाम जोडिएपछि गृहमन्त्री सुदन गुरुङलाई पदबाट बर्खास्त गरेर पक्राउ गर्न माग गरेको छ । प्रवक्ता विजय शाहले विज्ञप्ति जारी गरेर मन्त्री गुरुङमाथि लागेका आरोपहरुमा निष्पक्ष छानबिन हुनु पर्ने माग गरेका हुन्। ‘पदमै रहेर अनुसन्धान गर्न गाह्रो हुन्छ र न्याय प्रक्रियामै समस्या आउँछ,’ मुभमेन्टले भनेको छ, ‘मन्त्री कसलाई बनाउने भन्ने विषय गम्भीर विषय हो, वर्तमान सरकारले परिपक्व, नेतृत्वदायी र दूरदर्शिता देखाउनै पर्छ ।’ मुभमेन्टले ७६ जनाको रगतले आएको परिवर्तनमा दोषी देखिएका, आरोप लागेकाहरु न्यायको कठघरामा आउनु पर्ने बताएको छ । उसले सरकारलाई पद, शक्ति र राजनीतिक संरक्षण कसैलाई हुन नहुने बताएको छ । गृहमन्त्री गुरुङविरुद्ध…
Read More
कांग्रेस अनुशासन समितिको बैठक बस्दै

कांग्रेस अनुशासन समितिको बैठक बस्दै

 नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ । समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी बैठकबारे जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा विभिन्न नेताहरुविरुद्ध प्राप्त उजुरीहरुबारे छलफल हुने छ । विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भइसक्दा पनि त्यसको विपक्षमा रहेका शेरबहादुर देउवा पक्षका केही नेताहरुविरुद्ध उजुरी रहेको स्रोत बताउँछ । यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विरोधमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेका थिए…
Read More
राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

राष्ट्रियसभा अध्यक्ष र अष्ट्रेलियाका सभामुखबीच भेट

राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल र अष्ट्रेलियाको प्रतिनिधिसभाका सभामुख मिल्टन डिकबीच शिष्टाचार भेट भएको छ। टर्कीको इस्तानबुलमा जारी अन्तर व्यवस्थापिका संघको १५२औँ महासभामा सहभागी हुन पुगेका उनीहरुबीच भेट भएको हो। भेटमा उनीहरुबीच नेपाल र अष्ट्रेलियाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र संसदीय सहकार्यका विषयमा छलफल भएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ। अष्ट्रेलियाले नेपालको विकास र समृद्धिका लागि विगतदेखि नै सहयोग गर्दै आइरहेको उल्लेख गर्दै अध्यक्ष दाहालले आगामी दिनमा अझ थप सहयोग र सहकार्यका लागि आग्रह गरेका थिए। सो क्रममा अष्ट्रेलियाका सभामुख मिल्टनले अष्ट्रेलिया र नेपालको सम्बन्ध विगतदेखि नै निकै सौहार्द्रपूर्ण रहेको चर्चा गर्दै संसदीय सहकार्यले दुई देशको सम्बन्ध अझ प्रगाढ र मजबुत…
Read More
सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट

सर्वोच्चको फैसलाप्रति खड्का समूह असन्तुष्ट

पूर्णबहादुर खड्का समूहले नेपाली काँग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई वैधानिकता दिने सर्वोच्चको फैसला विरोधाभासपूर्ण, अदालतका आफ्नै नजिर तथा निर्वाचन आयोगले कायम गरेका अभ्यासविपरित रहेको टिप्पणी गरेको छ । आईतवार काठमाडौंमा भएको छलफलमा सर्वोच्चको फैसलामा असन्तुष्टि जनाउँदै नेताहरुले पुनरावलोकनमा जाने सुझाव दिएको नेता मिन विश्वकर्माले बताए । गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई वैधानिकता दिने सर्वोच्चको फैसला संविधान, प्रचलित कानून र नेपाली काँग्रेसको विधानसँग समेत बाझिने प्रकृतिको रहेको समेत उनको टिप्पणी छ । अदालतले कानूनी रूपमा विवाद समाधान गरेपनि पार्टीलाई सुदृढ बनाउने विषय अझै चुनौतीपूर्ण रहेको उनको भनाइ छ । उनले पार्टी एकताको पहल तत्काल आवश्यक रहेको औँल्याउँदै विशेष महाधिवेशनबाट आएको कार्यसमिति…
Read More
विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

विद्यार्थी संगठनमाथिको प्रतिबन्धप्रति नेकपाको आपत्ति

सरकारले हालै देशका विभिन्न स्थानमा सुकुम्बासी परिवारहरूलाई उचित विकल्पबिना उठिबास गराउने तथा झुप्रा भत्काउने कार्य गरेको भन्दै नेपाली कम्युनिष्ट पार्टीले गम्भीर आपत्ति जनाएको छ। पार्टीले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा यस्तो कदमलाई “अमानवीय” भन्दै तत्काल रोक्न र पुनर्वासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। साथै सुकुम्बासी व्यवस्थापनका नाममा गरिएका गतिविधिले पीडित परिवारलाई बिचल्ली बनाएको र सीमान्तकृत समुदायमा राज्यप्रतिको विश्वास कमजोर हुने खतरा बढेको पार्टीले विज्ञप्तिमा उल्लेख गरेको छ । साथै विज्ञप्तिमा नयाँ सरकार गठनलगत्तै बजारमा महँगी र कालोबजारी बढेको भन्दै तत्काल नियन्त्रण गर्न पनि माग गरिएको छ। पार्टीले विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध लगाउने प्रयासलाई संविधानविपरीत र अस्वीकार्य ठहर गरेको छ। पञ्चायती…
Read More
नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने

नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने

नेपाली कांग्रेसको संसदीय दलको नेता छान्न वैशाख ८ गते मंगलबार निर्वाचन हुने भएको छ । सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयले मंगलबार दलको नेताको निर्वाचन हुने कार्यक्रम तय भएको भन्दै उपत्यका बाहिर रहेको भए सोमबारसम्म काठमाडौँ आइपुग्न मोबाइलमा एसएमएस पठाएको छ । उपत्यकामा भएका सांसदहरूलाई बाहिर नजान पनि एसएमएसमा आग्रह गरिएको छ । ‘नेका संसदीय दलको निर्वाचन वैशाख ८ गते हुने हुँदा काठमाडौँ उपत्यका बाहिर रहनुभएका माननीय ७ गतेभित्र आउनुहुन र उपत्यकामा हुन भएका माननीय बाहिर नजानु हुन जानकारी गराइन्छ,’ दलले सांसदहरूलाई पठाएको सूचनामा उल्लेख छ । कांग्रेसका प्रतिनिधि सभामा ३८ सांसद छन् ।
Read More
देउवा समूहका नेताहरुको बैठक सुरू

देउवा समूहका नेताहरुको बैठक सुरू

नेपाली कांग्रेसको चौधौँ महाधिवेशनबाट चुनिएका पूर्वसभापति शेरबहादुर देउवा समूहका केन्द्रीय सदस्यहरूको बैठक सुरु भएको छ । निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले डाकेको बैठक धुम्बाराहीस्थित स्मार्ट होटलमा सुरु भएको हो । पार्टीको आधिकारिकताका विषयमा सर्वोच्च अदालतको फैसला आएसँगै चौम समूह छलफलमा जुटेको हो । बैठकमा १५औँ महाधिवेशनमा के गर्ने भन्ने विषयमा छलफल हुने बताइएको छ । सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई मान्यता दिएपछि असन्तुष्ट रहेका देउवा पक्षको नेतृत्व गरेका नेता खड्काले शनिबार आफ्नै निवासमा आफू निकटका नेताहरूसँग छलफल गरेका थिए । छलफलमा नेताहरु विमलेन्द्र निधि, डा. शशांक कोइराला, कृष्ण सिटौला, प्रकाशमान सिंह, डा. प्रकाशशरण महत, एनपी साउद, मीन विश्वकर्मा, रमेश लेखकलगायतका नेताहरू…
Read More
कांग्रेसले बोलायो मुख्यमन्त्री र प्रदेश नेतृत्वको बैठक

कांग्रेसले बोलायो मुख्यमन्त्री र प्रदेश नेतृत्वको बैठक

नेपाली कांग्रेसले आज आफ्ना मुख्यमन्त्रीहरू र प्रदेश नेतृत्वसँग महत्त्वपूर्ण छलफल गर्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने यस बैठकमा सातै प्रदेशका पार्टी सभापतिहरू र प्रदेश संसदीय दलका नेताहरूको सहभागिता रहनेछ। बैठकमा मुख्यगरी प्रदेश सरकारको कार्यसम्पादनलाई कसरी प्रभावकारी बनाउने र बढ्दो प्रशासनिक खर्च कम गर्न मन्त्रालयको सङ्ख्या घटाउने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ। हाल नेपाली कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको सन्दर्भमा यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ। प्रदेश सरकारहरूमाथि उठ्दै आएका प्रश्नहरूको सम्बोधन गर्न र पार्टीको नीतिअनुसार सुशासन कायम गर्न बैठकले ठोस दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ।
Read More
रास्वपा सचिवालय बैठक बस्दै

रास्वपा सचिवालय बैठक बस्दै

राष्ट्रिय स्वतन्त्र पार्टी ‘रास्वपा’ले पार्टी सचिवालयको बैठक बोलाएको छ । पार्टीका सभापति रवि लामिछानेले बैठक आज दिउँसो साढे ३ बजे पार्टी केन्द्रीय कार्यालय, घन्टीघर, वनस्थलीमा बोलाएका हुन् । बैठकमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन, केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनको विषयमा छलफल हुने छ । यस्तै, महाधिवेशन कार्यविधि मस्यौदा समिति गठनलगायत सम्बन्धमा, विज्ञहरू, योजनाका लगायत विविध विषयमा छलफल हुने रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिएका छन् ।
Read More
लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभाको बैठक आज बस्दै

लुम्बिनी प्रदेश सभा को सातौं अधिवेशन अन्तर्गत १२औं आज (आइतबार) दिउँसो १ बजे बस्दै छ। बैठकका लागि तीन वटा कार्यसूची तय गरिएको प्रदेश सभा सचिवालयले जनाएको छ। बैठकको सुरुवातमा प्रदेश सभा सदस्यहरूले समसामयिक विषयमा विशेष समयमा आफ्नो धारणा राख्ने कार्यसूची रहेको छ। उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपाने ले‘लुम्बिनी प्रज्ञा प्रतिष्ठान स्थापना तथा सञ्चालन सम्बन्धी विधेयक’दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ। त्यसैगरी, प्रदेश मामिला तथा कानुन समितिका सभापति दिल कुमारी बुढाले समितिको वार्षिक प्रतिवेदन सभामा पेश गर्ने कार्यसूची पनि तय गरिएको छ।
Read More
No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.