कांग्रेसले बोलायो मुख्यमन्त्री र प्रदेश नेतृत्वको बैठक

नेपाली कांग्रेसले आज आफ्ना मुख्यमन्त्रीहरू र प्रदेश नेतृत्वसँग महत्त्वपूर्ण छलफल गर्दैछ। ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे सुरु हुने यस बैठकमा सातै प्रदेशका पार्टी सभापतिहरू र प्रदेश संसदीय दलका नेताहरूको सहभागिता रहनेछ।

बैठकमा मुख्यगरी प्रदेश सरकारको कार्यसम्पादनलाई कसरी प्रभावकारी बनाउने र बढ्दो प्रशासनिक खर्च कम गर्न मन्त्रालयको सङ्ख्या घटाउने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ। हाल नेपाली कांग्रेसले मधेस, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व गरिरहेको सन्दर्भमा यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ।

प्रदेश सरकारहरूमाथि उठ्दै आएका प्रश्नहरूको सम्बोधन गर्न र पार्टीको नीतिअनुसार सुशासन कायम गर्न बैठकले ठोस दिशा निर्देश गर्ने अपेक्षा गरिएको छ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.