कांग्रेस अनुशासन समितिको बैठक बस्दै

 नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ । बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ ।

समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी बैठकबारे जानकारी दिएका हुन् । उनका अनुसार बैठकमा विभिन्न नेताहरुविरुद्ध प्राप्त उजुरीहरुबारे छलफल हुने छ ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भइसक्दा पनि त्यसको विपक्षमा रहेका शेरबहादुर देउवा पक्षका केही नेताहरुविरुद्ध उजुरी रहेको स्रोत बताउँछ ।

यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विरोधमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेका थिए । लगत्तै कांग्रेसले खड्कासँग सात दिने स्पष्टीकरण सोधेको थियो ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.