हिन्दूराष्ट्र पुन:स्थापना गर्न दुर्गा प्रसाईँद्वारा सरकारलाई आग्रह
मेडिकल व्यवसायी तथा सामाजिक अभियान्ता दुर्गा प्रसाईँले वर्तमान सरकारसँग स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) र मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खारेज गर्ने निर्णय गर्न आग्रह गरेका छन् । आईतबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रसाईँले एसपीपी र एमसिसी खारेज नगरेको भन्दै सरकारको आलोचना गरेका हुन् । उनले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारको प्रसङ्ग उल्लेख गर्दै वर्तमान सरकारलाई ती सम्झौता खारेज गर्न दबाब दिएका छन् । उनले सरकारसँग क्याबिनेटबाट निर्णय गरेर हिन्दू राष्ट्र पुन: स्थापना गर्नसमेत माग गरेका छन् । ‘सरकारलाई के भन्छु भने क्याबिनेटबाट निर्णय गरेर हिन्दू राज्य कायम गरियोस् । तपाईँहरूसँग बहुमत छ, निर्णय गर्नुस्,’ उनले भने । प्रसाईँले राजसंस्था पुन:स्थापनाको…
