रुवाण्डामा जारी आइसिसी महिला च्यालेन्ज ट्रफी २०२६ मा नेपालले लगातार दोस्रो जित हासिल गरेको छ । दोस्रो जित निकाल्ने क्रममा उसले घरेलु टोली रुवाण्डालाई लाई २ विकेटले पराजित गर्यो ।
रुवाण्डाले दिएको ८९ रनको लक्ष्य नेपालले १९.४ ओभरमा ८ विकेट गुमएर पूरा गर्यो । उसका लागि सम्झना खड्काले ४२ रनको उत्कृष्ट पारी खेलिन् ।
जारी प्रतियोगितामा नेपालको यो लगातार दोस्रा जित हो । पहिलो खेलमा अमेरिकासँग ४४ रनले पराजित भएको नेपाल दोस्रो खेलमा इटालीविरुद्ध ५० रनले विजयी भएको थियो ।
टस जितेर ब्याटिङ रोजेको रुवाण्डा १९.४ ओभरमा ८८ रन नबाएर अल आउट भयो । उसका लागि एलिस इकुज्वेले १७, मर्भिले उवासेले १५, क्लारिस उवासेले १३ र रोजिन इरेराले अविजित १३ रन बनाइन् ।
नेपालका लागि बलिङमा रचना चौधरीले तीन, पूजा महतोले दुई, कविता कुँवर, मनिषा उपाध्याय रिया शर्माले एक/एक विकेट लिइन् ।
