दीपक भट्ट र सुलभ अग्रवालमाथि सात दिनको म्याद थप

दीपक भट्ट र सुलभ अग्रवालमाथि थप अनुसन्धानका लागि सात दिनको म्याद थपिएको छ । काठमाडौं जिल्ला अदालतले उनीहरू माथि थप अनुसन्धानका लागि सात दिनको म्याद थप गर्न अनुमति दिएको हो।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको तर थप केही प्रक्रियाहरू बाँकी रहेको भन्दै ३० दिनको म्याद माग गरेको थियो। मिसिलमा संलग्न कागजात र प्राप्त प्रतिवेदन अनुसार मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको र राय प्रतिवेदन तयार गर्ने प्रयोजनका लागि थप समय आवश्यक देखिएको अदालतको ठहर छ।

अदालतले अनुसन्धानको बाँकी कार्य पुरा गरी राय सहितको प्रतिवेदन पेश गर्न विभागलाई निर्देशन समेत दिएको छ। सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका भट्ट र अग्रवाल दुवै जना अहिले विभागको हिरासतमा छन् । भट्ट र अग्रवाल निजी क्षेत्रको इन्स्योरेन्स कम्पनी हिमालय रि को ठुला सेयरधनी मध्येका हुन् ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.