काठमाडौंको पर्यटकीय क्षेत्र ठमेलमा विदेशी नागरिकमाथि कुटपिटको आरोपमा ३ जना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो । विदेशी नागरिकमाथि कुटपिट र लुटपाट गरिरहेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो ।
प्रहरीले उक्त भिडियोको आधारमा उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूलाई प्रहरी वृत्त लैनचौरबाट थप अनुसन्धान भइरहेको बताइएको छ ।
