राष्ट्रपति पौडेल समक्ष चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र पेश

 राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नेपालका लागि नवनियुक्त चार देशका राजदूतहरूले सोमबार आ–आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । राष्ट्रपति भवन महाराजगञ्जमा आयोजित छुट्टाछुट्टै विशेष समारोहका बीच नवनियुक्त राजदूतहरूले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

सोमबार प्रमाणपत्र पेश गर्नेहरूमा गाम्बियाका राजदूत मुस्ताफा जवारा , क्यानडाका राजदूत क्रिस्टोफर कुटर, स्लोभेनियाका राजदूत टोमाज मेन्सिन र अल्जेरियाका राजदूत अब्देनोउर खेलिफी रहेका छन् । यी सबै गैरआवासीय राजदूतहरू हुन् ।

उक्त विशेष समारोहमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत उपस्थिति रहेको थियो। ओहोदाको प्रमाणपत्र पेश गर्नुअघि नवनियुक्त राजदूतहरूलाई परम्परागत सम्मान स्वरूप लाजिम्पाटदेखि राष्ट्रपति भवनसम्म रिसल्ला सहितको बग्गीमा सवार गराइएको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रितेश कुमार शाक्यले जानकारी दिए ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.