भोलि संघीय संसद्को संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम पेश गर्ने

संघीय संसद्को बजेट अधिवेशन भोलि सोमबारदेखि सुरु हुँदैछ ।

सोमबार बस्ने संघीय संसद्का दुवै सदन राष्ट्रियसभा र प्रतिनिधिसभाको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यक्रम छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरिका अनुसार राष्ट्रपतिले अपराह्न ४ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् ।

राष्ट्रपति पौडेलबाट नीति तथा कार्यक्रम प्रस्तुत हुने संयुक्त बैठकमा दिउँसो ३:४५ बजे अगावै उपस्थित हुन प्रतिनिधिसभा तथा राष्ट्रियसभाका सदस्यलाई संसद् सचिवालयले अनुरोध गरेको छ । त्यसअघि दिउँसो २ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाका बैठक बस्नेछन् ।

भोलि सोमबारकै बैठकमा सरकारले जारी गरेका अध्यादेश पेश गर्ने कार्यसूची समेत रहेको छ ।

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.